ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेन्ट संचालक पक्राउ « Khabarhub

ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेन्ट संचालक पक्राउ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई तालचोकबाट पक्राउ गरेको हो ।

उनी उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थप अनुमति लिई गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : ०५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ