कुलमानको स्पष्टीकरण : ‘अंशबण्डा भइसकेका दाजुभाइसँग जोडेर बदनाम गर्न खोजियो’ « Khabarhub

कुलमानको स्पष्टीकरण : ‘अंशबण्डा भइसकेका दाजुभाइसँग जोडेर बदनाम गर्न खोजियो’


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अंशबण्डा भई छुट्टै बसिरहेका दाजुभाइसँग जोडेर आफ्नो चरित्रहत्या गर्न खोजिएको जनाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले निहित स्वार्थका साथ सुनियोजित रूपमा यस्ता समाचार सम्प्रेषण भएको दाबी गरेका हुन् ।

प्राधिकरणमा यसअघि कार्यकारी निर्देशक हुँदा घिसिङले वि.सं. २०७४ मा आफ्ना दाजुभाइको लगानी रहेको कम्पनी टेमल्स इलेक्ट्रोनिक्सलाई विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेशनको ठेक्का दिएको भन्दै केही सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए ।

तर घिसिङले आफू र आफ्नो परिवारका सदस्यहरूको चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले त्यस्ता समाचार आएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन्,’ घिसिङले विज्ञप्तिमा लेखेका छन्, ‘प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको छु ।’

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दूराशयसाथ आरोप लगाइएको भन्दै घिसिङले ती आरोपको खण्डन गरेका हुन् ।

घिसिङद्वारा जारी विज्ञप्ति :

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : ५३ बजे

 लागूऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्र गतिमा स्तरोन्नति गरिँदै

रसुवा– गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका राष्ट्रपतिले अर्को भने जारी गरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

कार्यवाहक प्रमुख डंगोलको आग्रह : होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित पढाऊँ

काठमाडौं– राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा भएका बालबालिकाहरूलाई संस्थागत विद्यालयहरूमा