न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट « Khabarhub

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र प्रभु बैंकबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८ मोरङस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक टिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थलगायतका स्वास्थ्य तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

बुधबार न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणालीबाट न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरीएकाे छ  ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : ५१ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि