कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै | Khabarhub Khabarhub

कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा सरकारको दाबीका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सबै सबै सांसदहरूको सनाखत गराइने भएको छ ।

गत असोजमा एमाले र माओवादी दुवैको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीले अल्पमतमा परेर पनि विश्वासको मत नलिएपछि नयाँ सरकारमा दाबीका लागि सबै सांसदको सनाखत गराउन लागिएको हो ।

कार्की प्रदेश सभाबाट विश्वासको मत लिन तयार नभएपछि प्रदेश प्रमुख परशुराम खापुङकले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।  बुधबार मात्रै एमाले र माओवादीका नेताहरूले खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि आह्वान गर्न भनेका छन् ।

तर बुधबार मुख्यमन्त्री कार्कीले जेठ ११ गते बस्ने गरी प्रदेश सभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखकहाँ सिफारिस गरेका छन् ।

सरकार अल्पमतमा गएर संविधान अनुसार विश्वासको मत नलिएकोले प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान तयारी गरेको माओवादी संसदीय दलको नेता इन्द्र आङ्बोले बताए ।

सरकारमा सहभागी दल र सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

प्रदेशसभा सचिवालयको पत्र, प्रदेशसभाका ९३ सदस्यमध्ये बहुमत सांसद ५२ सांसदले नयाँ सरकार गठन गर्न गरेको आग्रह, संविधानको व्यवस्था तथा सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख छन् ।

दुई दल एमाले माओवादीले संविधानको धारा १६८ अनुसार सरकार गठन हुनुपर्ने माग गरेका छन् । तर, उपधारा २ कि ५ अनुसार भन्ने उनीहरूले स्पष्ट पारका छैनन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : २० बजे

१६ प्रजिअसहित २५ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)

नेपालगञ्जमा यस वर्षकै बढी गर्मी

नेपालगञ्ज – नेपालगञ्जमा आज यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको

विकल पौडेललाई थुनामा पठाउने आदेश

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका

युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’

काठमाडौं – युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित

दाङमा सबैभन्दा बढी विप्रेषण भित्रिनेमा तुलसीपुर

दाङ –दाङबाट वैदेशिक रोजगारमा गएकामध्ये विप्रेषण भित्रिनेमा तुलसीपुर सबैभन्दा अगाडि