आजका समाचार : जसपा महाधिवेशनमा २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने | Khabarhub Khabarhub

आजका समाचार : जसपा महाधिवेशनमा २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

ओली भन्छन्- संसद् विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको प्रसंग बारे फेरी बोलेका छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको बताउँदै संसद् विघटनको प्रसंग फेरो उठाएका हुन् ।


उनको यो संकेत तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालप्रति लक्षित थियो ।उनले संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको बताए । सो प्रसंगमा उनले अगाडि आफू नेतृत्वको तत्कालीन सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरेका थिए ।

बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष ओली

एमाले काठमाडौंको जिल्ला अधिवेशन सुरु

एमालेको ६३ जिल्ला अधिवेशन सम्पन्न

सरकार आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलायो : नेता खनाल

शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग की नियत ?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन् ।


उनले भनेका छन्, ‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत रु दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।’ सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ : सभापति देउवा

 छानबिन हुँदा गृहमन्त्री पदमै रहनु नाङ्गो भइसकेपछि कपडा लगाए जस्तै हो

जसपा महाधिवेशनमा को को हुँदैछन् सहभागी ?
जनकपुरधाममा जेठ २८, २९ र ३० गतेसम्म चल्ने जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘प्रथम एकता महाधिवेशन’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट १३ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ । पार्टीको केन्द्र, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरू म्हाधिवेशनमा सहभागी हुने जसपा नेपालले जनाएको छ ।


महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू, भारत, मलेसिया, स्पेन, अजरबैजान, इन्डोनेसिया लगायत देशका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार भारत, मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसियाबाट आउने अतिथि आजै काठमाडौँ आइपुग्ने छन्‌ । भारतबाट आउने अतिथिहरू भने विहारको दरभंगासम्म आउने र त्यहाँबाट सडक मार्ग हुँदै जनकपुर आउनेछन् ।

जसपा महाधिवेशन : २० हजार मान्छे उतार्ने, अशोक पक्षलाई नबोलाउने

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक र मर्यादाविपरीत : उपेन्द्र यादव

जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध स् मुख्यमन्त्री सोडारी

हेटौंडामा देशकै तेस्रो ठूलो विद्युत सबस्टेशन तयार, एमसीसीको लाइन जोडिने
देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

ग्याँस इन्सुलेटेड सिस्टम (जीआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको हो ।

यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२० र १३२र११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

नारायणघाट-बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा सडक विस्तार प्रभावित

ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो

मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’

गोसाइँकुण्ड मेला सुरू

बंगलादेशकी प्रधानमन्त्री हसिना मोदीको सपथ समारोहमा सहभागी हुन नयाँ दिल्लीमा
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

आइतबार साँझ आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हसिना दिल्ली पुगेकी हुन् । हसिनाको टोलीलाई नयाँ दिल्ली विमानस्थलमा सचिव मुक्तेश परदेशीले स्वागत गरेका थिए ।


मोदीको शपथ ग्रहण समारोहमा छिमेकी र हिन्द महासागर क्षेत्रका सात देशका नेताहरू समारोहमा भाग लिनेछन्। मोदीले भ्रमणमा रहेका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ ।

मोदीले आइतबार शपथ लिने, छिमेकी देशका नेताहरू पनि सहभागी हुने

भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु

भागीबिहे गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले गरे दुई छोरीको हत्या

अस्ट्रेलियाको उत्खनन् कम्पनीका डाटा लिक

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

युक्रेनलाई सघाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

अपोलो-८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

डेनमार्ककी प्रधानमन्त्रीलाई सडकमै कुटपिट

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ७ : ५९ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि