टी–२० विश्वकप : नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई दियो १०४ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप : नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई दियो १०४ रनको लक्ष्य


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १०४ रनको लक्ष्य दिएको छ ।

न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनायो ।

नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए । ४५ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यस्तै विक्रमजीत सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए । लोगान भ्यान बेकले २३ रन बनाउदा माइकल लेविट र तेजा निदामनुरु शुन्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को जेन्सेनले दुई/दुई विकेट लिए ।

जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ–आफ्ना पहिलो खेलमा जित हासिल गरेर २–२ अंक बटुलेका छन् । नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका