भारतीय रेलको मालवहन क्षमता बढ्यो « Khabarhub

भारतीय रेलको मालवहन क्षमता बढ्यो


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय रेलको मालवाहन क्षमता बढेको पाइएको छ । यस वर्षको जुन महिनामा भारतीय रेल सेवाले १३५.४६ मेट्रिक टन माल लोड गरेको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा १२.४० मेट्रिक टनले बढी हो ।

माल परिवहनबाट भारतीय रेल सेवाको सन् २०२४ जुन महिनामा वित्तीय आम्दानी पनि बढेको पाइएको छ । यो अवधिमा परिवहन सेवाबाट भारतीय रेलवेले १४ हजार ७ सय ९९ दशमलब ११ करोड भारतीय रुपैयाँ आम्दानी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०२३ को जुन महिनामा भने परिवहन सेवाबाट भारतीय रेलवेले १३ हजार ३ सय १६ दशमलब ८१ करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०२४ को जुन महिनामा भारतीय रेलवेले सबैभन्दा धेरै कोइलाको परिवहन गरेको एएनआईले जनाएको छ । यो अवधिमा रेलवेले ६ करोड टन कोइला ओसारपसार गरेको एएनआईको भनाइ छ ।

त्यसैगरी, रेलवेले फलाम र स्टिलको परिवहन पनि बढाएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ९ : १७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा