भारतीय रेलको मालवहन क्षमता बढ्यो « Khabarhub

भारतीय रेलको मालवहन क्षमता बढ्यो


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय रेलको मालवाहन क्षमता बढेको पाइएको छ । यस वर्षको जुन महिनामा भारतीय रेल सेवाले १३५.४६ मेट्रिक टन माल लोड गरेको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा १२.४० मेट्रिक टनले बढी हो ।

माल परिवहनबाट भारतीय रेल सेवाको सन् २०२४ जुन महिनामा वित्तीय आम्दानी पनि बढेको पाइएको छ । यो अवधिमा परिवहन सेवाबाट भारतीय रेलवेले १४ हजार ७ सय ९९ दशमलब ११ करोड भारतीय रुपैयाँ आम्दानी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०२३ को जुन महिनामा भने परिवहन सेवाबाट भारतीय रेलवेले १३ हजार ३ सय १६ दशमलब ८१ करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०२४ को जुन महिनामा भारतीय रेलवेले सबैभन्दा धेरै कोइलाको परिवहन गरेको एएनआईले जनाएको छ । यो अवधिमा रेलवेले ६ करोड टन कोइला ओसारपसार गरेको एएनआईको भनाइ छ ।

त्यसैगरी, रेलवेले फलाम र स्टिलको परिवहन पनि बढाएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ९ : १७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग