प्रधानमन्त्रीको बचाउमा रास्वपा, सांसद झा भन्छन्- विश्वासको मतमा जाँदा कांग्रेस-एमाले डराए « Khabarhub

प्रधानमन्त्रीको बचाउमा रास्वपा, सांसद झा भन्छन्- विश्वासको मतमा जाँदा कांग्रेस-एमाले डराए


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै झाले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन खोजेपछि त्यसबाट डराएर राजीनामा मागिरहेको बताएका हुन् ।

यसले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको देखिएको दाबी उनले गरे।

कांग्रेस–एमालेलाई चारदिनमा अर्को राजनीतिक परिस्थिति सिर्जना हुने डर पैदा भएको आरोपसमेत लगाएका छन्।

सांसद झाले कांग्रेस–एमाले सहमतिप्रति पनि आशंका व्यक्त गरे । उनले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई र २०६९ साल चैत्रमा खिलराज रेग्मीलाई संविधान, सदन र सरकार बुझाएझैँ अहिले पनि त्यसरी नबुझाउन सुझाव दिए ।

नयाँ बन्ने सरकारले काम गर्न नसके आफूहरू पालो कुरेर बसेको भन्दै उनले कुनै बेचेनको सहकार्यबिना देशलाई पार लगाउने दाबी गरे ।

सांसद झाले सञ्चारमाध्यमका आएका तर्कहरूका आधारमा सहकारी प्रकरणमा संसदीय छानबिन गठन गरिएको भन्दै अहिले बाहिरिएका राजनीतिक पद  र अख्तियारी दुरुपयोगका घटनामा कुन समिति बनाउने भन्दै प्रश्न पनि गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १ : २९ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,