बाढी–पहिरोबाट कसरी जोगिने ? यस्ता छन् प्रहरीका सुझाव « Khabarhub

बाढी–पहिरोबाट कसरी जोगिने ? यस्ता छन् प्रहरीका सुझाव


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरोले भौतिक तथा मानवीय क्षति पुर्‍याउने गर्छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की यसपालि पनि अविरल वर्षाका कारण बाढी पहिरोलगायत विपद्‍बाट हालसम्म ७० जनाले ज्यान गुमाएका बताउँछन् ।

विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराई-मधेशका सयौँ घर डुबानमा पर्छन् । पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् ।

पहाडका कतिपय क्षेत्रमा घर पहिरोले बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन्, अझै कयौँ बेपत्ता छन् ।

बाढीबाट कसरी जोगिने ?  

– बर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन । आफ्नो गाउँघरको माथिल्ला भागमा गहिरो कुलो काटेर पानीको उचित निकास दिने गर्नु पर्छ ।

– गाउँमा बाढी आएको समय होचो भू-भागमा जानुहुँदैन ।

– बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुँदैन ।

– बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बाढीको जोखिम कता छ भन्ने जानकार लिन सकिन्छ ।

– मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ । सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ ।

– सञ्चारमाध्यममा आएका ती सूचनालाई आधार बनाएर सतर्कता अपनाउनुपर्छ ।

– यी त भए तराई तथा समथर भूभागमा आउने बाढी तथा डुबानबाट बच्ने उपायहरू ।

– पहाडका क्षेत्रमा वर्षेनि आइरहने पहिरोबाट पनि बच्न सकिन्छ । त्यसका लागि पूर्वसतर्कता अपनाउन सकिन्छ ।

पहिरोबाट बच्ने उपायहरु :

– आफ्नो गाउँघरका माथिल्ला भागबाट गहिरो कुलो काटेर पानीको निकास निकाल्नुपर्छ ।

-आफ्नो वरिपरिको जमिनमा गहिरो परेको देखिए सचेत पहिराे जान सक्नेतर्फ सचेत रहने ।

– ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालोमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।

– एक पटक पहिरो गएको स्थानमा फेरि बसोबास गर्नु हुँदैन ।

– पहिरोले घर बगाउँदा भौतिकसँगै मानवीय क्षति पनि हुने भएकाले २४ सै घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नु हुँदैन ।

– पहाडका धेरै स्थानमा प्रायजसो रातको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समूहमा बस्ने गर्दा राम्रो हुन्छ। समूहमा बस्दा एकअर्कालाइ सहयोग मिल्छ ।

– सम्भव भएसम्म सञ्चारमाध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा रहनुपर्छ । यसले उद्धारसँगै राहत वितरणमा सघाउ पुर्‍याउँछ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : ४१ बजे

वैशाखयता विपद्‌मा परेर १२१ को मृत्यु

काठमाडौं– वैशाख १ गतेदेखि असार १६ गतेसम्मको अवधिमा  देशभर भएका

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ’जङ्गे पिलर’ देऊँ

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको