भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशत मात्रै | Khabarhub Khabarhub

भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशत मात्रै

आम्दानीभन्दा खर्च सवा ३ खर्बले धेरै



काठमाडौं चालु  आर्थिक वर्षको (आ.व.)मा भुक्तानीका लागि अन्तिम दिन मानिने आज (सोमबार) पौने ४ बजेसम्म सरकारले १३ खर्ब २२ अर्ब ६० करोड १९ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यही समयसम्म सरकारले राजस्व, गैर-राजस्व र अनुदान बापत १० खर्ब २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६८.०९ प्रतिशत मात्रै आम्दानी गर्न सकेको छ ।

चालु आर्थिक वर्षमा सोमबार दिउँसोसम्मको आम्दानी र खर्चको अवस्था हेर्दा सरकार ३ खर्ब १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँले घाटामा देखिएको छ ।

सरकारले आजसम्म गरेको खर्चमध्ये पुँजीगततर्फ १ खर्ब ५७ अर्ब ६९ करोड ९ लाख अर्थात् विनियोजित रकमको जम्मा ५२.२ प्रतिशत भएको छ ।

त्यस्तै सोमबारसम्म सरकारले चालु खर्च वापत ९ खर्ब २४ अर्ब ३२ लाख अर्थात उक्त शीर्षकमा विनियोजित कुल रकमको ८०.९३ प्रतिशत चालु खर्च गरेको छ ।

सरकारले चालु आ.व.मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको खर्च लक्ष्य राखिएको थियो । बजेटको अर्धवार्षिक समीक्षामार्फत् ८७.३ प्रतिशत मात्रै खर्च हुने अनुमान सरकारले गरेको थियो ।

 पछिल्लो ५ दिनमा पुँजीगत खर्चको अवस्था

असार २० गते १ खर्ब ४९ अर्ब ९२ करोड ८२ लाख-४९.६३
असार २१ गते १ खर्ब ५१ अर्ब ३२ करोड ६४ लाख-५०.१
असार २२ गते १ खर्ब  ५३ अर्ब २४ करोड ४९ लाख-५०.७३
असार २३ गते १ खर्ब ५३ अर्ब ९८ करोड ३५ लाख-५०.९८
असार २४ गते १ खर्ब ५७ अर्ब ६९ करोड ९ लाख-५२.२

पुँजीगत खर्चमा सधैँ कमजोर सरकार
सरकारले लामो समयदेखि पुँजीगत खर्चमा सुधार गर्न सकेको छैन । पछिल्लो ४ वर्षको तथ्यांकलाई हेर्दा सरकारको पुँजीगत खर्च सुधारोन्मुख देखिँदैन ।

अघिल्लो आ.व. २०७९-०८० मा सरकारले पुँजीगत शीर्षकमा विनियोजित ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेटमध्ये जम्मा १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख अर्थात् ६१.४४ प्रतिशत मात्रै खर्च गरेको थियो ।

त्यस्तै सरकारले आ.व. २०७८-०७९ का लागि पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त आ.व.को असार मसान्तसम्म २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख ५७.२३ प्रतिशत मात्रै खर्च भएको थियो।

आ.व. २०७७-0७८ मा पनि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रकम विनियोजन गरेको थियो । उक्त आ.व.को असार मसान्तसम्म २ खर्ब २८ अर्ब ३० करोड ६ लाख अर्थात् ६४.६९ प्रतिशत पुँजीगत खर्च भएको थियो।

‘रकमान्तर प्रक्रिया जारी छ, पुँजीगत खर्च ६० प्रतिशत पुग्छ’

सोमबारसम्मको पुँजीगत खर्च ५२ प्रतिशतमा सीमित भए पनि आ.व.को अन्तिम दिनसम्म ६० प्रतिशतसम्म पुग्ने अर्थमन्त्रालयले अनुमान गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले खबरहबसँग कुरा गर्दै आ.व.को अन्तिम दिनसम्म ६० प्रतिशत पुग्ने अनुमान रहेको बताए ।

उनले हिजो-आजका दिनमा पनि खर्च नभएका शीर्षकबाट बढी खर्च भएको शीर्षकमा रकमान्तर गर्ने काम भइरहेको बताएका छन् । कति रकमान्तर भइसक्छ भन्न नसकिने उनले बताए ।

‘अहिले पनि खर्च नभएका शीर्षकहरूबाट बढी खर्च भएका शीर्षकहरूमा रकमान्तर भइरहेको छ, मेरो अनुमानमा पुँजीगत शीर्षकमा ६० प्रतिशतसम्म खर्च हुन्छ होला’, उनले भने।

महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले सोमबार अपरान्ह ५ बजेसम्म भुक्तानी प्रक्रियामा नआएका बिलहरूको सन्दर्भमा सरकारले निर्णय गरेर मात्रै भुक्तानी हुने बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : ०३ बजे

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले ‘जेन-जी’ आन्दोलनले उठाएको

अर्थसंक्षेप : बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै, फजुल खर्च रोक्दै दोलखाका सहकारी र १८ अंकले ओ‌रालोतिर बजार

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता अख्तियार दुरुपयोग

ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौं– विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेताले मागे राजीनामा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ