धरानका मेयर कार्यालय छिर्दा कर्मचारी बाहिरै, दलहरूले मूलगेट घेरे (तस्बिरहरू) « Khabarhub

धरानका मेयर कार्यालय छिर्दा कर्मचारी बाहिरै, दलहरूले मूलगेट घेरे (तस्बिरहरू)



सुनसरी– धरानमा खानेपानी महसुल वृद्धिलाई लिएर दलहरूले थालेको आन्दोलन जारी छ । आन्दोलनरत पक्षले बिहीबार बिहान १० बजेदेखि उपममहानगरपालिका कार्यालय प्रवेश गर्ने मुख्य गेटमै धर्ना दिएर नाराबाजी गरे ।

मेयर हर्क साम्पाङविरुद्ध तथानाम उग्र नाराबाजी गर्दै विद्यार्थी समूहले पटक पटक प्रवेशद्धार भत्काउनसमेत खोजे । त्यसपछि सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच झडप भएको थियो ।

सुरक्षाकर्मी र आन्दोलनरत पक्षले संयम अपनाउँदा अपनाउँदै पनि एकजना विद्यार्थी घाइते भएका छन् । स्थिति हिंसात्मक र असामान्य हुनसक्ने भएपछि सशस्त्र र जनपद प्रहरीका डिएसपीद्वययले समन्वय गरेर मेयर साम्पाङलाई सम्बोधन गर्न आग्रह गरे ।

आन्दोलनरत पक्षले बिहान १० बजे नै नगरपालिका कार्यालय घेराउ गरेकाले कुनै पनि कर्मचारीहरू छिर्न पाएनन् । तर मेयर साम्पाङ भने एक घण्टाअघि नै कार्यकक्षमा छिरेका थिए । 

बाहिर उनीविरुद्ध नाराबाजी गर्दै आन्दोलनरतपक्षले राजीनामा मागिरहेका बेला उनले आफ्नो फेसबुकमा लेखेका थिए, ‘१० हजार लिटर पानीको महसुल मासिक १३० देखि  १५० सम्म पुर्‍याउँदा महिनाको २० वृद्धि भयो ! त्यो २० को विरुद्ध अहिले आन्दोलन गर्दै नगरपालिका घेरिएको छ । नारा छ, नालायक मेयर चाहिँदैन ।’

उनले बिहीबार पहिलो पटक राजनीतिक दलको आन्दोलनलाई सम्बोधन गरेका छन् । सशस्त्र, जनपद र नगरप्रहरीको सुरक्षा घेराभित्र उभिएर हातेमाइकबाट बोल्दै आन्दोलनरत पक्षलाई सम्बोधन गरे ।

तर दलहरूले भने उनको यो करिब ३० सेकेन्डको सम्बोधन चित्त बुझ्दो नभएको भन्दै खानेपानीको महसुल र शुल्क वृद्धि नघटाएसम्म आन्दोलन जारी राख्ने बताए ।

उनले आन्दोलनरत पक्षलाई सम्बधोन गर्दै भने, ‘यी विषयहरूमा छलफल गरौँ । त्यसका लागि चाहिँ आँउदो आइतबार ११ बजे १० दलका एक-एकजना प्रतिनिधि वार्तामा आउनेगरी तपाईंहरू नगरपालिका आइदिनु होला । र, सम्पूर्णलाई हामीलाई सचेत र सजग गराउनु भएकोमा धन्यवाद दिन चाहान्छु । यहाँहरू सबैको जय होस, नमस्कार जय धरान ।’

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : ३९ बजे

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर