पुँजीवादी अमेरिकी चुनावमा मार्क्सको वितरण सिद्धान्तले हल्लीखल्ली ! | Khabarhub Khabarhub

पुँजीवादी अमेरिकी चुनावमा मार्क्सको वितरण सिद्धान्तले हल्लीखल्ली !

एलन मस्कको ट्वीट- कमला ह्यारिस कम्युनिष्ट हुन्‌


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आगामी नोभेम्बर ५ मा हुने ४७औं राष्ट्रपतीय निर्वाचनले अमेरिकामा राजनीतिक सरगर्मी बढेको छ । दुई दलीय राजनीतिक प्रणाली रहेको अमेरिकामा वर्तमान सत्तारुढ डेमोक्रेटिकका तर्फबाट कमला ह्यारिस राष्ट्रपति उम्मेदवार छिन्‌ ।

वर्तमान राष्ट्रपति जो बाइडनले हात उठाएपछि अवसर पाएकी उनले मिनेसोटाका गभर्नर टीम वाल्जलाई पार्टीबाट उपराष्ट्रपति उम्मेदवार चयन गरेकी छन्‌ ।

प्रतिपक्षी रिपब्लिकनका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति उम्मेदवार छन्‌ । तुलनात्मक दक्षिणपन्थी मानिने रिपब्लिकन पार्टीका नेता-कार्यकर्ताले यतिखेर डेमोक्रेटिकबाट राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारहरू कमला र टीममाथि आलोचना बर्साइरहेका छन्‌ । आलोचना र व्यङ्ग्य गर्ने लहरमा हाल विश्वकै सर्वाधिक धनाढ्य एवम्‌ पुँजीपति एलन मस्क पनि जोडिएका छन्‌ ।

डेमोक्रेटिक उम्मेदवारमाथि आलोचना हुनुको कारण हो- १९औँ शताब्दीका साम्यवादी (कम्युनिष्ट) दार्शनिक कार्ल मार्क्सले प्रतिपादन गरेको वितरण सिद्धान्तका केही शब्द कमलाको भाषणमा पर्नू !

कमलाले हालै एक सम्बोधनमा समान वितरण र हिस्सेदारी शब्द उच्चारण गरेकी थिइन्‌ । विश्वमा पुँजीवादको नेतृत्व, संरक्षण, सम्वर्द्धन र प्रशिक्षणको नेतृत्व गरिरहेको भन्ने अमेरिकाको प्रमुख कार्यकारी पदकी उम्मेदवार ह्यारिसले आफ्नो भाषणमा यस्ता शब्द प्रयोग गरेपछि दक्षिणपन्थी रिपब्लिकन र पुँजीपतिहरूलाई राजनीतिक हतियार बनेको छ ।

एक्सका एक प्रयोगकर्ताले कार्ल मार्क्सको वितरण सिद्धान्तमा उल्लेखित शब्द परेका कमलाका केही भाषणहरूको क्लिप जोड्दै उनी एक कम्युनिष्ट भएकी लेखेका छन्‌ । साथै, कमलाको भाषण मार्क्सकै लोकप्रिय नारा पुनःप्याकेज गरिएको संस्करण भएको दाबी गरेका छन्‌ ।

‘कमला ह्यारिस एक कम्युनिष्ट हुन्‌, उनको शब्द चयनले याे कुरा थाहा हुन्छ । समान वितरण र हिस्सेदारी– कार्ल मार्क्सको लोकप्रिय नारा ‘प्रत्येकबाट उसको क्षमता अनुसार, प्रत्येकलाई उसको आवश्यकता अनुसार’ को पुनःप्याकेज गरिएको संस्करण हो । जसको अर्थ सम्पत्तिको पुनर्वितरण हो ।’

यही ट्वीटलाई हाल विश्वका सर्वाधिक धनी पुँजीपति एलन मस्कले रिट्वीट गरेका हुन्‌ । क्वेट रिट्वीट क्याप्सनमा उनले लेखेका छन्‌, ‘कमला वस्तुतः  एक कम्युनिस्ट हुन् । उनी समान अवसर मात्रै होइन, समान परिणाम चाहन्छिन् ।’

मस्कको यो रिट्वीटलाई हालसम्म ८ करोड मानिसले पढेको देखिन्छ । ५ लाख २५ हजारले लाइक गरेका छन्‌ भने ५४ हजार प्रतिक्रिया आएका छन्‌ ।

कार्ल मार्क्सले समाजवादी सिद्धान्तमा सम्पत्ति र सत्ताको पुनर्वितरणबारे उल्लेख गरेका छन्‌ । मार्क्स प्रतिपादित समाजवादको मूल सिद्धान्त नै ‘प्रत्येकबाट उसको सामर्थ्य अनुसार, प्रत्येकलाई उसको आवश्यकता अनुसार’ भन्ने हो ।

मार्क्सको यो सिद्धान्तलाई पुँजीवादी ध्रुवले धनाढ्यको सम्पत्ति राज्यले खोसेर शासक र तल्लो वर्गलाई बाँड्ने कामका रूपमा अर्थ्याउने गरेका छन्‌ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ५ : ०३ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि