यस्ता छन् मन्त्रिपरिषद्को दुई बैठकका १४ निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद्को दुई बैठकका १४ निर्णय


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय मन्त्रिपरषद् बैठकका दुईवटा निर्णय बिहीबार सार्वजनिक गरिएको छ। यही साउन २२ र २३ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्त एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन २२ को बैठकको १३ वटा र २३ को बैठकको एउटासहित १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकका निर्णयमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बैठकले बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायतासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन सदस्य एवम् अध्यक्षको जिम्मेवारी पनि सरकारले दिएको छ ।

नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा, चारजना महासेनानीलाई सहायक रथीमा, एक प्रमुख सेनानीलाई महासेनानीमा र एक आक्टिङ महासेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ४ : १६ बजे

मतगणना भइरहँदा डिपी पुगे समर्थक भेट्न

मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपीले अर्याल काठमाडौं ८

आयोगको निर्देशनपछि स्याङ्जा–२ मा मतगणना थालिँदै

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं– हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न

चितवन ३ मा सोविता ४ हजार ६२३ मतले अगाडी

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

सहज बहुमततिर रास्वपाको चुनावी आँधी : ९० स्थानभन्दा धेरैमा अग्रता, दोहोरो अंक छुन संघर्ष गर्दै कांग्रेस-एमाले

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। बिहीबार एकैचरणमा भएको