यस्ता छन् मन्त्रिपरिषद्को दुई बैठकका १४ निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद्को दुई बैठकका १४ निर्णय


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय मन्त्रिपरषद् बैठकका दुईवटा निर्णय बिहीबार सार्वजनिक गरिएको छ। यही साउन २२ र २३ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्त एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन २२ को बैठकको १३ वटा र २३ को बैठकको एउटासहित १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकका निर्णयमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बैठकले बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायतासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन सदस्य एवम् अध्यक्षको जिम्मेवारी पनि सरकारले दिएको छ ।

नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा, चारजना महासेनानीलाई सहायक रथीमा, एक प्रमुख सेनानीलाई महासेनानीमा र एक आक्टिङ महासेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ४ : १६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज