बस्तीमै सामाजिक सुरक्षा भत्ता नवीकरण « Khabarhub

बस्तीमै सामाजिक सुरक्षा भत्ता नवीकरण


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

भोजपुर – आमचोक गाउँपालिका वडा–८ ले नागरिकको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ ।

वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी उनीहरुकै घर गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको वडा सचिव सुदिप पाण्डेयले जानकारी दिए ।

बिहीबार वडाका खलंगा, नकटा, हैखराङ लगायतका स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण तथा यस आर्थिक बर्षको राजश्व संकलन कार्य गरिएको छ ।

शारीरिक रूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक टोलमा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिरहेको उनले बताए ।

वडा सचिव पाण्डेय भने, ‘विगतका वर्षहरुमा कार्यालयमा नै आएर सामाजिक सुरक्षा भत्ता नविकरण गर्नुपर्ने बाध्यता थियो । त्यसबेला नागरिकहरुले धेरै समस्या भोग्नु परेको गुनासो गरेका थिए । अहिले त्यो समस्या समाधान भएको छ ।’

यसअघि उक्त वडाले हरेक दिन राष्ट्रिय गान गाएर कार्यलय समयको सुरुवात गर्ने, नागरिक वडापत्र सुचना पार्टी सुझाव पेटीका राख्नुपर्ने व्यवस्था कार्यान्वयन, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान तथा पुरस्कार, जेहेन्दार तथा अति विपन्न वर्गमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण, आफ्नै व्यवस्थापनमा सेवाग्राहीलाई नि शुल्क फोटोकपि सेवा , लोकसेवा तयारी कक्षा सञ्चालन लगायतका कार्यक्रमहरु गरेका थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ९ : २० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई