डडेल्धुरामा जीप दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

डडेल्धुरामा जीप दुर्घटना, एक जनाको मृत्यु


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुरामा जीप दुर्घटना परेकामध्ये एकको मृत्यु भएको छ । एक जनालाई उपचारका लागि धनगढी पठाइएको छ ।

सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप अमरगढी नगरपालिका–५ बागवजार नजिक पीपल चौतारा नजिकै नालीमा खसेर आज दुर्घटना भएको थियो ।

दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दिए। उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा छ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया ईश्वरीदेवी विष्ट, आठ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन् ।

घाइतेमध्ये ईश्वरीलाई थप उपचारका लागि धनगढी पठाइएको र बाँकी सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

जीपमा चालकसहित आठ जना सवार थिए । चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ९ : ३० बजे

सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र महानिरीक्षकको जोड

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि