डडेल्धुरामा जीप दुर्घटना, एक जनाको मृत्यु | Khabarhub Khabarhub

डडेल्धुरामा जीप दुर्घटना, एक जनाको मृत्यु


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुरामा जीप दुर्घटना परेकामध्ये एकको मृत्यु भएको छ । एक जनालाई उपचारका लागि धनगढी पठाइएको छ ।

सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप अमरगढी नगरपालिका–५ बागवजार नजिक पीपल चौतारा नजिकै नालीमा खसेर आज दुर्घटना भएको थियो ।

दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दिए। उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा छ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया ईश्वरीदेवी विष्ट, आठ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन् ।

घाइतेमध्ये ईश्वरीलाई थप उपचारका लागि धनगढी पठाइएको र बाँकी सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

जीपमा चालकसहित आठ जना सवार थिए । चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ९ : ३० बजे

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

वाशिङ्टन – अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा

कमला नदीमा पुल निर्माण हुने

सिरहा – सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका

सबैको पहुँचमा खानेपानी पुर्‍याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो