युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस « Khabarhub

युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – मध्यपूर्वमा जारी अशान्त अवस्थाले अमेरिकी निर्वाचनमा समेत प्रभाव पारेको छ। ५ नोभेम्बरमा हुने निर्वाचनमा मतदाताका लागि राष्ट्रपति उम्मेदवार डेमोक्र्याटकी कमला ह्यारिस र रिपब्लिकका डोनाल्ड ट्रम्पको यस निर्वाचनमा बारे व्यक्त गर्ने धारणा महत्त्वपूर्ण मानिएको छ।

सिबिसी न्युज च्यानलमा उपराष्ट्रपति कमला ह्यारिसले दिएको अन्तरवार्तामा उनले संयुक्त राष्ट्र सङ्घ र युक्रेनको असहमतिमा युद्धविराम हुन नसक्ने बताएकी छन्।

उनले भनिन्, ‘युक्रेनको चासो बिना र संयुक्त राष्ट्र सङ्घको चार्टरको अनुसरण बिना त्यहाँ युद्धविराम सम्भव नै छैन। युक्रेनको अनुपस्थितिमा दुई पक्षको निर्णय गर्न मिल्दैन। किनकी युक्रेनको भविष्यको निर्णय गर्ने अधिकार युक्रेनको मात्र हो।’

ह्यारिसले युक्रेनेको नाटोमा उपस्थितिको विषयमा अहिले नै सबै निश्चित रूपमा भन्न नमिल्ने तर सम्भावना कायम रहेको बताइन्।

ह्यारिसले अमेरिकामा आप्रवासीको समस्या बढ्नुको मूल कारण डोनाल्ड ट्रम्पको सीमा सम्बन्धी विधेयक पास गर्न नदिएर अथवा रिपब्लिक पार्टीको अवरोधको कारण अमेरिकामा आप्रवासी समस्या बढेको बताएकी छिन्।

अहिले अमेरिकामा बढेको बेरोजगारीको मूल कारण उनले बाइडेन प्रशासनको कमजोरीका कारण नभई अहिले बढेको मूल्य वृद्धिको कारण भएको बताएको छिन्।

मध्यपूर्वमा जारी युद्धको विषयमा बोल्दै उनले इजरायलले आफ्नो भूमिको रक्षा गर्न पाउने अधिकार रहेको भन्दै मारिएका निर्दोष प्यालेस्टाइनीप्रति दुःख व्यक्त गरेकी छिन्। ‘युद्धविराम अनिवार्य भइरहेको छ। तर, इजरायले आफ्नो भूमिको रक्षा गर्न पाउनुपर्छ,’ ह्यारिसले भनिन्।

अमेरिकाले दुई पटक गरेको युद्धविरामको प्रस्तावलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्वीकार गरेका थिए।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : १४ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका