मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । स्थानीय यमुनालाई गाउँपालिका ५ मिठुअबा गाँउका २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

युवक अस्लोक कुमार आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेर उपचारको लागी शिवदर्शन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले   मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : ४४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६