दसैँतिहारका अवसरमा अल्फा बिटाको शुभकामना आदानप्रदान « Khabarhub

दसैँतिहारका अवसरमा अल्फा बिटाको शुभकामना आदानप्रदान


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको स्वास्थ्य परीक्षण बानेश्वरस्थित अल्फा केयरमा हुने भएको छ । दसैँतिहार शुभकामना आदानप्रदान कार्यक्रममा अल्फा बिटाले विद्यार्थीको सहजताका लागि स्वास्थ्य परीक्षण सुरु गरेको जानकारी दियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अष्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम, नयाँ दिल्लीस्थित क्यानडा उच्च आयोगकी वाणिज्यमन्त्री जेनिफर डाउबेनी, अष्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवको सहभागिता रहेको थियो ।

यसैगरी अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा, अमेरिकी दूतावासका लागि राजनीतिक, आर्थिक, एसियाली मामिला संयोजक कुञ्जा राई, बेलायती राजदूतावासका व्यापार तथा लगानी विभाग प्रमुख अनुप श्रेष्ठ, अस्ट्रेड दक्षिण एशियाका सिनियर डाइरेक्टर मुस्ताफिजुर रहमान, नेदरल्याण्ड्सका लागि अवैतनिक महावाणिज्यदूत दीपकराज सापकोटा, कोष्टारिकाका लागि महावाणिज्यदूत मनिष थापा र एनआरएनएका अध्यक्ष बद्रीबहादुर केसीको कार्यक्रममा उपस्थिती रहेको थियो ।

यसका साथै अल्फा बिटाले नेपालका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरू लिएर अष्ट्रेलिया ‘फेम ट्रिप’ आयोजना गर्ने घोषणा गरेको छ । यस ट्रिपको मुख्य उद्देश्य अष्ट्रेलियामा रहेका विद्यार्थी, उनीहरूले अध्ययन गर्ने युनिभर्सिटीका बारेमा बुझ्नु रहेको अल्फा बिटाले जनाएको छ । 

यो भ्रमण टोलीमा अल्फा बिटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्मासहित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा। बिजु थपलिया, काठमाडौँ युनिभर्सिटीका डीन प्राडा मनिष पोखरेल, आइओईका सिभिल विभाग प्रमुख गोकर्णबहादुर मोत्रा, युलेन्स स्कुलका प्रिन्सिपल मेडिनबहादुर लामिछाने, ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल अम्बादत्त जोशीलगायत सहभागी रहने जनाइएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ३८ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण