उमर अब्दुल्ला जम्मु कश्मिरको मुख्यमन्त्री बन्ने | Khabarhub Khabarhub

उमर अब्दुल्ला जम्मु कश्मिरको मुख्यमन्त्री बन्ने


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जम्मु कश्मिरको मुख्यमन्त्री नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्ला बन्ने भएका छन् । आज आएको चुनावको नतिजापछि नेशनल कन्फेरेन्सर कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने निश्चित भएपछि उमर अब्दुल्ला मुख्यमन्त्री बन्ने भएका हुन् ।

नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्लाले श्रीनगरमा घोषणा गरेका छन् ।  जम्मु–कश्मीरमा १० वर्षपछि पहिलोपटक कांग्रेस–एनसी गठबन्धनले विधानसभा चुनाव जित्ने स्पष्ट भएपछि फारुक अब्दुल्लाले यो घोषणा गरेका हुन् । 

उनले दश वर्षपछि जनताले जनादेश दिएको बताए । फारुक अब्दुल्लाले भनेका छन्-  ‘जनताले आफ्नो जनादेश दिएका छन् ।

कांग्रेस–नेसनल कन्फ्रेन्स गठबन्धनले कुल ९० सिटमध्ये ४९ सिटमा जित हासिल गरेको छ भने भाजपाले २९ सिट जितेको छ । त्यस्तै मेहबुबा मुफ्तीको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले ३ सिट मात्र जितेको छ । उमर अब्दुल्लाह यसअघि सन् २००९ देखि २०१५ सम्म मुख्यमन्त्री थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ५६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस