न्यायाधीश प्रधानबारे सांसद ढुंगानाको आक्रोश : दलको चप्पल त खोल्नु भएकै रहेनछ « Khabarhub

न्यायाधीश प्रधानबारे सांसद ढुंगानाको आक्रोश : दलको चप्पल त खोल्नु भएकै रहेनछ


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लबारे सत्तारुढ नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले आक्रोश पोखेका छन् ।

उनले न्यायाधीश प्रधानले विगतमा पार्टीको झन्डा बोकेको आरोप लगाए । दलको झन्डा बोकेका व्यक्ति सर्वोच्चको न्यायाधीशमा रहँदा दुर्भाग्यपूर्ण फैसला गरेको आरोपसहित ढुंगाना आक्रोशित भएका हुन् ।

सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषद्‍बाट सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको शुक्रबार भएको संसदीय सुनुवाइका क्रममा न्यायाधीश मल्लको फैसलाको आलोचना गरे।

गण्डकी प्रदेश सरकारबारे मल्ल नेतृत्वको इजलासले गरेको फैसलाप्रति लक्षित गर्दै ढुंगानाले न्यायाधीशको कुर्सीमा बस्दा दलमै संलग्न रहेको देखिएको बताए ।

‘सबैभन्दा दुर्भाग्य गण्डकीको निर्णयले धेरै नै पिरोल्यो। जबकी उहाँलाई पनि सुनुवाइ समितिमा भनेको थिएँ, तपाईंले पार्टीको झन्डा बोकेर बस्नुभएको थियो, हिजोको दिनमा। अब तपाईं न्यायपालिकामा आउँदै हुनुहुन्छ, तपाईंले न्याय निष्पक्ष दिन सक्नुहोला र ?’, उनले भने, ‘भन्दा चप्पल खोलेर न्यायपालिकाको कुर्सीमा बस्नुपर्छ भन्नुभयो। मलाई पनि खुसी लागेको थियो । चप्पल त खोल्नुभयो भन्ने लागेको थियो तर खोल्नुभएको रहेनछ।’

उनले गण्डकीको सरकारबारे ब्याख्यामा प्रश्न उठाए । ‘गण्डकी सरकारबारेमा ३० जना भए बहुमत हुन्छ भन्ने फैसला भयो। ६० जना सांसदमा ३० को बहुमत कसरी हुन्छ ? ३१ जना हुनुपर्ने हो’, उनले भने, ‘तर निर्णय त ३० मा हुन्छ भन्ने गर्नुभयो। जुन कुराको माग गरेका थिएनन् निवेदकले। यस्ता निर्णय भएपछि हामीलाई अप्ठ्यारो हुन्छ ।’

२०८१ वैशाख १७ मा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले गण्डकीका ६० सांसदमध्ये ३० जना जुटेमा बहुमत पुगेर सरकार गठन हुने फैसला दिएको थियो। तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गर्दै मल्ल र सुवेदीको इजलासले सभामुखलाई मतदानबाट अलग गर्दा पनि गण्डकी प्रदेशसभा ५९ सदस्यीय रहने र त्यहीअनुसार ३० सांसदले बहुमत पुग्ने ब्याख्या गरेको थियो। सरकार गठनमा दुवैतिर बराबर भए मात्रै सभामुखले मतदान गर्न पाउने कानुनी व्यवस्था ५ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  २ : ४५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड