निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए माग्ने बुढा « Khabarhub

निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए माग्ने बुढा


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपकराज गिरी र दीपाश्री निरौलाको समूहका कलाकारको छवि बनाएका केदार घिमिरे (माग्ने बुढा) ले धमाधम बाहिरी फिल्ममा काम गरिरहेका छन् ।

गत वर्ष फिल्म ‘कङ्गारु’मा भित्रिएका केदारले त्यसपछि ‘जेरी अन टप’ र अब निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा काम गर्न लागेका हुन् । बिहीबार केदार र निर्देशक लामिछानेबीच कागजी सम्झौता भएको छ ।

फिल्मको शीर्ष भूमिकामा केदारले अभिनय गर्नेछन् । अर्को मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई प्रस्ताव गरिएको छ । आगामी माघ दोस्रो साताबाट छायांकनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् ।

सामिप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले बिछोड’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ४ : ५७ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन