आज २०८१ साल मंसिर २३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर २३ गते आइतबारको राशिफल


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २३ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर ८ तारिख। मार्गशीर्ष शुक्ल पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। रवि सप्तमी व्रत, गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज रहेको छ। सम्पत्तिको व्यवस्थापन गर्न नसक्दा मन दुःखी बन्नेछ। खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ। विपक्षी बन्दै गरेका साथीहरुको सहयोग मिल्नेछ। कृषिजन्यव्यवसायमा फाइदा हुने योग छ।

वृष : तपाईंको बोलीको कुतर्क हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। भाग्यस्थानमा चन्द्रमा पुगेकाले लगानीको प्रतिफल राम्रो मिल्नेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुने दिन छ। परिवारमा मनमुटाव बढ्नेछ।

मिथुन : दिन राम्रो रहेको छ। गणेश भगवानको पूजा गर्नाले दिन सहज बन्नेछ। शत्रु बढ्नेछन् आफ्नो ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको प्रयास राम्रो हुनेछ। मनमा प्रशन्नता हुनेछ। दाम्पत्य जीवन सफल हुनेछ।

कर्कट : शनिदेवको पालो आएको छ। सोचेका काममा बाधा देखापर्नेछ। स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारमा भने सहयोग मिल्नेछ।

सिंह : दिन सहज रहेको छ। सप्तमभावमा चन्द्रमा पुगेकाले परिवारसँग रमाउने योग रहेको छ। मन भने चञ्चल हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी आउनसक्छ। दैनिकी काम सहज बन्नेछन्।

कन्या : दिन सामान्य रहेको छ। परोपकारको लागि आफू जति खटेपनि जस अरुले लिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुहोला।

तुला : शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा मनमुटाव हुनेछ।

वृश्चिक : धर्मकर्ममा मन जानेछ। मनमा सकारात्मक ऊर्जा प्राप्त हुनेछन्। बन्धुसँग गरेको सहकार्यबाट फाइदा हुनसक्छ। ठूला व्यक्तिसँग कुराकानी गर्दा मन शान्त हुनेछ। स्वास्थ्यमा समस्या देखिनेछ। प्राविधिक शिक्षामा गरेको लगानी सफल हुनेछ।

धनु : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछ। थोरै लगानी गरेर राम्रो आम्दानी हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। बन्धुसँग गरेको सहकार्यले फाइदा हुनेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

कुम्भ : दिन राम्रो छ। आफ्नै देशमा रोजगारीको विकल्प देखिनेछ। साथीको साथ मिल्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट जोगिनुपर्ने आवश्यकता छ। छोटो यात्राको सम्भावना देखिन्छ।

मीन : दिन सहज छ। स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिको प्रशंसा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : १३ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता