लुम्बिनीको लगातार चौथो हार, जनकपुर १ रनले विजयी « Khabarhub

लुम्बिनीको लगातार चौथो हार, जनकपुर १ रनले विजयी


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) प्रतियोगितामा लुम्बिनी लायन्सले चौथो हार व्यहोरेको छ ।

उसलाई आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले केबल १ रनको झिनो अन्तरले हराएको हो ।

जनकपुरले दिएको १३७ रनको सामान्य चुनौती पनि लुम्बिनीले भेट्टाउन नसकेको हो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो ।

त्यसलाई पछ्याउने क्रममा पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रनमा समेटिँदा १ रनको हार भोगेको हो । लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन चाहिएको थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी निराश हुन पुगेको हो ।

पराजित लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।

लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष थकेर एक्लैले ५ विकेट लिन सफल भए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले १/१ विकेट लिए ।

लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा चमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको थियो । तर बलिङमा कमब्याक गरेको लुम्बिनी ब्याटिङमा जम्न नसक्दा लगातार निराशाको सामना गर्न विवश भएको छ ।

पहिले ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे।

उनी सन्दीप जोराको बलमा क्याच आउट भए। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।

लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके। मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए।

कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए। उसका लागि सन्दीप जोराले एक-एक विकेट हात पारे।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : १२ बजे

एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न

काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको

स्वास्थ्य समता शुल्क कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति, तत्काल खारेज गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३ ८४ को

एक घण्टा ढिला गरी बसेको राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित 

काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

बुनिया– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर– स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका