लुम्बिनीको लगातार चौथो हार, जनकपुर १ रनले विजयी « Khabarhub

लुम्बिनीको लगातार चौथो हार, जनकपुर १ रनले विजयी


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) प्रतियोगितामा लुम्बिनी लायन्सले चौथो हार व्यहोरेको छ ।

उसलाई आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले केबल १ रनको झिनो अन्तरले हराएको हो ।

जनकपुरले दिएको १३७ रनको सामान्य चुनौती पनि लुम्बिनीले भेट्टाउन नसकेको हो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो ।

त्यसलाई पछ्याउने क्रममा पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रनमा समेटिँदा १ रनको हार भोगेको हो । लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन चाहिएको थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी निराश हुन पुगेको हो ।

पराजित लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।

लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष थकेर एक्लैले ५ विकेट लिन सफल भए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले १/१ विकेट लिए ।

लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा चमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको थियो । तर बलिङमा कमब्याक गरेको लुम्बिनी ब्याटिङमा जम्न नसक्दा लगातार निराशाको सामना गर्न विवश भएको छ ।

पहिले ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे।

उनी सन्दीप जोराको बलमा क्याच आउट भए। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।

लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके। मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए।

कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए। उसका लागि सन्दीप जोराले एक-एक विकेट हात पारे।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : १२ बजे

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो– श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ ।

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको

प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा

काठमाडौं- रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणले तनावको अवस्था ल्याउन थालेको

ती दिन सम्झन चाहँदैनन् तिलागुफावासी

गाल्जे– तिलागुफा नगरपालिका–४ का स्थानीयवासी अहिले त्यो दिन अर्थात् विसं २०७९

विधान संशोधनको तयारीमा ओली : वरिष्ठ उपाध्यक्ष पद फर्काउने, पदाधिकारी संख्या बढाउने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशन्न एघारौँ महाधिवेशनको