पावरलिफ्टिङ्गमा बिकिन र शर्मिला सर्वोत्कृष्ट खेलाडी « Khabarhub

पावरलिफ्टिङ्गमा बिकिन र शर्मिला सर्वोत्कृष्ट खेलाडी


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिकिन जोशी र शर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ शर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

खुल्ला पुरुष, महिला र जुयिनर गरी ३ विधा अन्तर्गत ११ वटा तौल समूहलाई प्रतियोगितामा समावेश गरिएको थियो । पुरुष ६२ केजी तौल समूहमा निमेष चुकान पहिलो, दिनेश सिख्राकर दोस्रो र किरण सुवाल तेस्रो भए । पुरुष ६२ दशमलव १ केजीदेखि ६९ केजी तौल समूहमा बिकिन जोशी पहिलो, बिक्रम थापा दोस्रो र निखिल तामाङ तेस्रो भए ।

पुरुषकै ६९ दशमलव १ केजीदेखि ७७ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, सहज रन्जित दोस्रो र दिपेश श्रेष्ठ तेस्रो बने । ७७ दशमलव १ केजीदेखि ८५ केजी तौल समूहमा ओजस जोशी पहिलो, राजिब श्रेष्ठ दोस्रो र उम्बल तामाङ तेस्रो भए भने ८५ केजीमाथिको तौल समूहमा मनोज श्रेष्ठ पहिलो, सुजित अराले दोस्रो र युदिष्ठिर सिप्र घिमिरे तेस्रो भए ।

महिलातर्फ ५८ केजी तौल समूहमा सबिता ह्यान्जु पहिलो, तारा खाइनु दोस्रो र झरना योन्जन तेस्रो भइन् । महिला ५८ दशमलव १ केजीदेखि ६४ केजी तौल समूहमा ज्योति थापा पहिलो, पुनम बोम्जन दोस्रो र पुनम चौधरी तेस्रो भइन् ।

महिला ६४ केजीमाथिको तौल समूहमा शर्मिला शाह पहिलो, अल्बिना राजयना दोस्रो र कृपा रसाईली तेस्रो भइन् । जुनियर २१ वर्ष मुनिको उमेर समूहमा राजीव खड्का पहिलो, आकृति बाँनिया दोस्रो र दिपेश बोहराले तेस्रो स्थान हासिल गरे ।

पुरुष, महिला र जुनियर बिधामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल सहित क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक सुकदेव कार्कीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए ।

नेपालमा पावरलिफ्टिङ खेलको उत्थान र विकासको उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थापक सुकदेव कार्कीले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : १३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल