आमाको मृत्युअघिको वचन सम्झेर पछुतो मान्छन् सञ्जय... | Khabarhub Khabarhub

आमाको मृत्युअघिको वचन सम्झेर पछुतो मान्छन् सञ्जय…


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सञ्जय दत्तका बुबा सुनिल र आमा नर्गिस दुवै एक समयका चर्चित नायकनायिका हुन् । बुबाआमाको कामलाई पछ्याएका सञ्जय पनि कलाकारितामा सफल भए ।

सेलिब्रेटीकाे परिवारमा हुर्किएका कारण सञ्जयको ससाना कुरा पनि गोप्य रहँदैन । ‘ब्याड बोई’ छवि बनाएका कारण पनि उनी चर्चामा रहन्छन् । उनको निजी जीवनको उतारचढाव किस्सा काल्पनिक फिल्मलाई फिका बनाउने छन् । जुन उनको ‘बायोपिक’ ‘सञ्जु’ले पुष्टि गरिसकेको छ ।

सञ्जय ग्याङस्टार लुक, लागूपदार्थ, बडिबिल्डिङ, प्लेबोइ चरित्रका कारण सङ्घर्षका दिनमा विवादमा आइरहन्थे । उनले भन्दै आएका छन्, ‘म असल मातापिताको नालायक छोरा हुँ ।’
फिल्म क्षेत्रमा लागेको सुरुवाती दिनमा कुलतमा लागेका कारण विवाद रहे । सन् १९९३ मा मुम्बईमा भएको ‘बम ब्लास्ट’ मा नाम जोडिएसँगै उनी ठूलो विवादमा फसे । उनलाई जेलसम्म पुर्‍याएको यस घटनामा अदालतले भने सफाइ दियो ।

आमाको वचन सम्झना पछुतो
सन् १९८१ मा ‘रक्की’ फिल्मबाट सञ्जयले बलिउडमा डेब्यु गरेका हुन् । यस फिल्मको निर्देशन सञ्जयका बुबा सुनीलले गरेका हुन् ।

सञ्जयको पहिलो फिल्म हेर्ने आमा नर्गिसको ठूलो इच्छा पूरा हुन सकेन । क्यान्सरका कारण नर्गिस फिल्म प्रदर्शनमा आउनुभन्दा केही दिनअघि मात्रै संसारबाट बिदा भइन् । आमा बिरामी भएको तनावले लागूपदार्थको सेवन बढाएको सञ्जय बताउँछन् । उनी भन्छन्, ‘म मेरी आमाको मृत्यु हुँदा पनि लागू पदार्थको नासामा थिएँ ।’

भर्खरै सञ्जयले इन्डियन आइडल शोमा नर्गिसले मृत्युअघि आफूलाई भनेको कुरा खुलासा गरेका छन् । उनी त्यहाँ स्वर्गीय आमालाई सम्झेर भावुकसमेत बने । नर्गिसलाई क्यान्सरले निको नहुने गरी चेपेको थियो । सञ्जयका अनुसार नर्गिसलाई आफू केही दिनमात्र बाच्ने थाहा थियो । सोही कारण उनी आफ्नो बाँकी थोरै समय छोरासँग बिताउन चाहन्थिन् ।

सञ्जय सम्झन्छन्– मलाई आमाले भनेको एउटा कुरा सधैँ याद आउँछ । उहाँले भन्नुहुन्थ्यो, ‘सञ्जय मसँग बस्, किनकि म बिदा भएँ भने तँलाई नराम्रो लाग्छ ।’

लागूपदार्थको नासाको कारण सञ्जयले आमासँग समय बिताएनन् । अहिले आएर सो कुरामा आफूलाई पछुतो रहेको उनी बताउँछन् । उनी थप्छन्, ‘मैले त्यो बेला उहाँको कुरा सुनेको भए, केही घण्टा मात्रै उहाँसँग समय बिताएको भए आज मलाई पछुतो महसुस हुने थिएन ।’

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : १२ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।