सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेट « Khabarhub

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेट


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । 

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटका क्रममा सभामुख घिमिरेले सन् १९९९ अगस्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण सम्बन्ध रहिआएकोमा खुशी व्यक्त गरे । 

संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता आफूहरूको साझा प्रतिवद्धताहरू रहेका बताउँदै उनले आयरल्यान्डको संसदमा आयरल्याण्ड-नेपाल संसदीय मैत्री समूह गठन भएकोमा खुशी लागेको बताए । 

 

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १२ : ५० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी