यसरी तुहियो मलेसियाका नेपालीबाट ४५ डलर ठग्ने सम्झौता | Khabarhub Khabarhub

यसरी तुहियो मलेसियाका नेपालीबाट ४५ डलर ठग्ने सम्झौता


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको बैदेशिक रोजगार बोर्डले एउटा मलेसिया बिचौलिया कम्पनीसँग गरेको सम्झौताको मंगलबार पटाक्षेप भएको छ । हरेक नेपाली कामदारबाट ४५ डलर अर्थात २ सय रिंगेट उठाउन लागिएको तयारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रेक’ लगाइदिएका छन् ।

प्रधानमन्त्री दाहालले मंगलबार श्रममन्त्री शरतसिंह भण्डारीसहित मन्त्रालयका अधिकारीहरु, बैदेशिक रोजगार बोर्डका कर्मचारी र अर्थमन्त्रालयका कर्मचारीलाई समेत बोलाएर झाँको झारे । उनले १६ बुँदे निर्देशन दिँदै नेपाली कामदारको अहित हुने कुनै काम नगर्न चेतावनीसमेत दिए ।

यसै सन्दर्भमा प्रधानमन्त्री दाहालले मलेसियन कम्पनीसँग गरिएको १० पन्ने सम्झौता कार्यान्वयन नगर्न निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनसँगै अब मलेसियामा रहेका नेपाली कामदारबाट करिब १ अर्ब रुपैयाँ कलेक्सन गर्ने बिचौलियाको धन्दामाथि तत्कालका लागि तुषारापात भएको छ ।

कामदारको गाँस काटेर अर्बौं रुपैयाँ उठाउने खेल

मलेसिया सबैभन्दा बढी नेपाली कामदारको गन्तव्य मुलुक हो । त्यहाँ पछिल्लो आर्थिक वर्ष करिब २ लाख ५९ हजार नेपाली कामदार रहेको तथ्यांक छ ।

यसै साता हस्ताक्षर भएको सम्झौता अनुसार यीमध्ये २ लाख नेपालीबाट मात्रै मलेसियन कम्पनीले ४५ डलरका दरले रकम उठाउन पाएको भए भने ९० लाख डलर संकलन हुन्छ, जुन १ अर्ब १९ करोड नेपाली रुपैयाँ बराबर हुन जान्छ ।

मलेसियन कम्पनीलाई नेपाली कामदारको पसिना शोषण गरेर पोस्नका लागि श्रम मन्त्रालय र वैदेशिक रोजगार बोर्डले सम्झौतामा हस्ताक्षर गरेको देखिन्छ ।

यो सम्झौता नेपाली कामदारको हितमा नभएको निष्कर्षसहित प्रधानमन्त्रीले मंगलबार कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

याे पनि-

मलेसियामा कार्यरत नेपाली कामदारमाथि कुनै समस्या आइपरेमा उनीहरुको उद्धार गर्ने जिम्मेवारी रोजगारदाता कम्पनीको हो । साथै उनीहरुलाई श्रम सम्झौता गराएर मलेसिया पठाउने म्यान पावर कम्पनीको हो । आफ्ना नागरिकलाई समस्या परेमा हेर्नुपर्ने जिम्मेवारी मलेसियामा रहेको नेपाली दूताबासको पनि हो । यस्तो अवस्थामा उनीहरुले बिचौलिया कम्पनीलाई ४५ जनही ४५ डलर तिर्नुपर्ने किन ? यो प्रश्नको जवाफ बैदेशिक रोजगार बोर्ड र मन्त्रालयसँग खोज्नुपर्ने भएको छ ।

नेपालीलाई अहित हुने सम्झौतामा हस्ताक्षर किन गरियो ? अब यो सम्झौता मात्रै खारेज गरेर पुग्छ कि यसमा संलग्न सरकारी कर्मचारी वा मन्त्रीलाई समेत कारवाही गर्नुपर्छ ? यसको जवाफचाहिँ सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीतिरै सोझिएको छ ।

सम्झौता कार्यान्वयनको मुखैमा धक्का

नेपालको बैदेशिक रोजगार बोर्ड र मलेसियाको फोरेन वर्कस वेल्फेयर म्यानेजमेन्ट सेन्टर (सीडीएनबीएडी) नामक संस्थाबीच डिसेम्बर ६ मा एउटा सम्झौता भयो । मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई आनलाइन पोर्टलमार्फत रियल टाइममा राहत र उद्धार लगायतका कल्याणकारी कार्यमा सहयोग गर्न डिजिटल वेलफेयर मोनिटरिङ सिस्टम स्थापना गर्ने भन्दै सो सम्झौता गरिएको हो ।

सम्झौतापछि बैदेशिक रोजगार बोर्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएर सम्झौताको जानकारी र कार्यान्वयनका लागि मलेसियास्थित नेपाली दूताबासलाई परराष्ट्रमार्फत् पत्राचार गरिदिन आग्रह गर्‍यो ।

बोर्डको आग्रहपछि पुस १३ गते श्रम मन्त्रालयका शाखा अधिकृत धनञ्जयकुमार साहले मन्त्रीको आदेश अनुसार परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै मलेसियामा रहेको नेपाली दूताबासलाई सम्झौता कार्यान्वयनका लागि निर्देशन दिन आग्रह गरे ।

श्रम मन्त्रालयको पत्र क्वालालाम्पुरस्थित नेपाली दूताबासलाई पनि बोधार्थसमेत पठाइएको थियो ।

बोर्डको बैठकले द्वीपक्षीय सम्झौता गर्न बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलाई अख्तियारी दिने निर्णय गरेको थियो । सोही अनुसार उप्रेतीले डिसेम्बर ६ मा मलेसियन कम्पनीसँग उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता जनवरी १ बाटै लागू हुने भनिएको थियो ।

प्रतिव्यक्ति नेपाली कामदारबाट ४८ डलर वा २ सय रिंगेट (करिब ६ हजार नेपाली रुपैयाँ) कम्पनीले शुल्क लिने सम्झौतामा उल्लेख छ

सम्झौतामा के छ ?

सम्झौतामा मलेसियामा कार्यरत नेपाली कामदारहरुको मलेसियन कम्पनीले डाटा इन्ट्री गर्ने, उनीहरुको आवास, रोजगारीमा आइपर्ने समस्या, औषधोपचार, घरफिर्ती लगायतका विषयमा कम्पनीले सहयोग र उद्धारका कार्यहरु गर्ने, कानूनी झमेला वा मुद्दा मामिला परेमा सहयोग गर्ने भनिएको छ ।

यस्तो कार्यका लागि प्रतिव्यक्ति नेपाली कामदारबाट ४८ डलर वा २ सय रिंगेट (करिब ६ हजार नेपाली रुपैयाँ) कम्पनीले शुल्क लिने सम्झौतामा उल्लेख छ । यो सम्झौता एक वर्षमा नवीकरण गर्ने वा सरकारले चाहेको बखत रद्द हुने सम्झौतामा उल्लेख छ । १० पृष्ठ लामो सम्झौतामा १३ वटा दफाहरु रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ४९ बजे

बजेट फेरि सांसदकै भागबन्डामा, चिर्कटोकै भरका योजना     

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार बजेट

भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स हस्तान्तरण 

काठमाडौं– भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा फैलिएका विभिन्न स्वास्थ्य

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार