अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता « Khabarhub

अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर भएको छ । आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङ्गको उपस्थितीमा सम्झौता भएको हो । अष्ट्रेलियाको पर्थ शहरमा २६–२७ माघमा जारी सातौं प्रशान्त महासागर सम्मेलनको साइडलाइनमा सम्झौता भएको नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । सम्झौता भएको हो ।

अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स, अधिकारी ग्यारी कोवान र अष्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौताले अष्ट्रेलिया र नेपालबीचको आर्थिक सम्बन्धलाई थप गहिरो बनाउनुका साथै व्यापारलाई थप विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

अष्ट्रेलिया र नेपालबीच बलियो द्विपक्षीय सम्बन्ध रहिआएको र अब यो सम्बन्ध व्यापार तथा लगानी क्षेत्रमा पनि विस्तार भएको काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । अष्ट्रेलिया नेपालको छैठौं ठूलो वैदेशिक लगानी गर्ने मुलुक हो भने नेपाली विद्यार्थीमाझ अष्ट्रेलिया उच्च तथा प्राविधिक शिक्षाका लागि रुचाइएको अन्तराष्ट्रिय गन्तब्य मुलुक हो ।

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानमा पनि अष्ट्रेलियाले सहयोग गरिरहेको छ । गत वर्ष झण्डै ३९ हजार अष्ट्रेलियन पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ०२ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल