आज २०८० साल फागुन २६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन २६ गते शनिबारको राशिफल


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २६ गते शनिबार तदनुसार सन् २०२४ मार्च ९ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आजको दैनिकी राम्रो छ। अचानक आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। चन्द्रमा दाहिने हुनाले दिन सहज बन्नेछ।

वृष : आजको समय राम्रो छ। न्याय मिल्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

मिथुन : दिन राम्रो छ। साथीले सहयोग गर्नेछन्। गुरुको आर्शिवाद मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ।

कर्कट : दिन सामान्य छ। आज ठुलो काममा हात नहाल्नु राम्रो हुन्छ। सकर्मीले खुट्टा तान्ने भएकाले संगत गर्दा सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट राहत मिल्नेछ। परिवारको साथ निरन्तर रहने छ।

सिंह : दैनिकी राम्रो छ। निष्ठावान बन्नुपर्ने समय आएको छ। साथीभाइसँग संगत गर्दा बोली र व्यवहारले पक्का बन्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : दिन राम्रो छ। बोलीमा मोहनी हुने भएकाले धेरै काम वचनकै माध्यमबाट बन्नेछन्। परोपकार गर्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारसँग मेलमिलाप हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीमा फाइदा हुनेछ।

तुला : दैनिकी राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारको साथ र सहयोग हुनेछ। हल्ला सुने पनि त्यसलाई बिर्सिएर अगाडि बढ्नु फाइदा हुनेछ।

वृश्चिक : समय सामान्य छ। आर्थिक क्षेत्रमा सुधार हुनेछ। आँखा लगाउने धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। नराम्रा कामको खोजी साथीले नै गर्ने जोखिम देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दैनिकी राम्रो छ। श्रम गरेको क्षेत्रमा उन्नति हुनेछ। आर्थिक लाभ हुने दिन छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : समय राम्रो छ। धन लक्ष्मीको योग परेको छ। आर्थिक उन्नति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा पुरानो रोग बल्झिने जोखिम छ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ। बिहानै हनुमानको पूजा गर्नु राम्रो हुन्छ। यदि शनिदेव जन्मकुण्डलीमा ३, ६ र ११ भए ठुलो उन्नति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर रहने छ।

मीन : दैनिकी सामान्य छ। आर्थिक क्षेत्रको लगानी जोखिमपूर्ण छ। सामाजिक क्षेत्रमा विवाद हुनेछ। ठूलो काममा हात नलगाउनु राम्रो हुन्छ। दान गरेमा मन खुशी हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ५ : ०४ बजे

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल