यो साताका १० तस्बिर « Khabarhub

यो साताका १० तस्बिर


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता लामो प्रतिक्षापछि वर्षा भएकाले हिमाली क्षेत्रमा हिमपात राम्ररी भयो । मनाङमा हिम पहिरोसमेत गयो । विशेष त सत्ता परिवर्तनले सबैभन्दा चर्चा पायो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको सत्ता गठबन्धनलाई तोडेर नेकपा (एमाले)सँग सहकार्य गर्ने निर्णय लिएपछि राजनीति यो साता तरंगित भएको हो ।

राजनीति, मौसम, जनजीवन झल्कने यो साताका तस्बिर :

प्युठानको गौमुखी गाउँपालिका–४ स्थित पुजा गाउँ । मौलिक स्वरुपमा बनाइएका ढुङ्गेघरमा विभिन्न रङले रङ्गाएपछि निकै आकर्षित देखिएका छन् । जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
मनाङको ढुकुरपोखरी क्षेत्रको हिमपहिरो । सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत ठप्प भएको थियो । तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल मनाङ
राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार पद तथा गोपनियताको सपथग्रहणपछि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेसँग सामूहिक तस्बिरमा सहभागी हुँदै नवनियुक्त तीन उपप्रधानमन्त्री तथा १६ मन्त्री।
हिउँले सेताम्मे देखिएको पर्यटकीय क्षेत्र नाम्चे बजार ।
शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा देखिएको रौनक ।
नुवाकोटको विदुर नगरपालिका–३ खड्गभञ्याङस्थित कुमालटार आसपासको फाँट । कृषि उब्जनीको लागि जिल्लामा उर्भर मानिने यस फाँट हुँदै बगेको त्रिशूली नदीले यहाँको पर्यावरणमा थप मनोरम दिएको छ ।
नेपाली सेनाद्वारा शुक्रबार ‘महाशिवरात्रि तथा २६१ औँ सेना दिवस– २०८०’को अवसरमा आयोजित कार्यक्रममा आतङ्ककारी हमलालाई निस्तेज पार्न हेलिकोप्टरबाट सैनिक उतारेको अभ्यास ।
ललितपुरको धापाखेलबाट इन्द्रावती गाउँपालिका ढोटारमा चराउन ल्याएको माउरीका घार ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ घलेलबाट मङ्गलबार देखिएको माछापुच्छ्रे हिमाल ।

तस्बिर : रासस

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ७ : २६ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध