साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी « Khabarhub

साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

निकोसिया– अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचेन’ ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको बताएको छ ।

गाजाबाट सबैभन्दा नजिकको युरापेली सङ्घको सदस्य राष्ट्र साइप्रसको लार्नाका बन्दरगाहमा तीन साताअघि स्पेनको ध्वजाबाहक जहाज ‘ओपन आम्र्स’ डुबेको थियो ।

‘वल्र्ड सेन्ट्रल किचेन’को टोली साइप्रसमा मानवीय सहायताका सामानहरू उत्तरी गाजातर्फ जाँदै गरेको डुङ्गामा लोड गरिरहेको छ,’ संस्थाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘हामी हाम्रो विश्वासिलो गैरसरकारी संस्था साझेदार ‘ओपन आम्र्स’सँग समुद्री सहायता करिडोर खोल्नका लागि हप्तौंदेखि तयारी गरिरहेका छौं जसले हामीलाई यस क्षेत्रमा हाम्रो प्रयासलाई विस्तार गर्न अनुमति दिने विश्वास गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

इजरायल–हमास युद्धको पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि गम्भीर मानवीय अवस्थाका कारण केही देशले खाद्यान्न र अन्य सहायता ढुवानी गर्न बाध्य भएको गाजाका जनताका लागि आवश्यक सामग्रीले भरिएको बार्ज निर्माण गर्ने योजना रहेको च्यारिटीले जनाएको छ ।

‘गाजामा मानवीय सामुद्रिक करिडोर स्थापना गर्ने प्रयासमा प्रगति भइरहेको छ, र हाम्रो सयौँ टनले भरिएको जहाज प्यालेस्टिनी नागरिकका लागि खाना, पानी र महत्वपूर्ण आपूर्तिको क्षणको सूचनाका लागि पर्खिरहेको छ,’ ‘ओपन आम्र्स’ ले सामाजिक सञ्जाल एक्समा भनेको छ ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले आइतबार लार्नाबाट सामुद्रिक करिडोर खुल्ने आशा व्यक्त गरे । 

उहाँले संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा शुक्रबार ‘पाइलट अपरेसन’ सुरु गरिने बताएका छन् यसले ‘गाजाका जनताका लागि सामानको धेरै ढुवानीमध्ये पहिलो’ ढुवानीलाई सुनिश्चित गरेको छ ।

गाजामा कुनै पनि बन्दरगाहहरू सञ्चालनमा छैनन् र अधिकारीहरूले प्रारम्भिक ढुवानीहरू कहाँ जानेछन्, ती इजरायलद्वारा निरीक्षणको अधीनमा रहनेछन् वा कसले सहायता वितरण गर्नेछन् भन्ने बारे केही बताएनन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गाजामा ‘अस्थायी स्टेशन’ स्थापना गर्ने अमेरिकी योजनामा ६० दिन लाग्ने र त्यसमा एक हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न हुने जनाएको छ ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको अकाल्पनिक आक्रमणबाट गाजा युद्ध शुरु भएको थियो । आक्रमणमा एक हजार १६० जनाको मृत्यु भएको थियो भने करिब २४० जनालाई आक्रमणपछि बन्धक बनाइएको इजरायली तथ्यांकले देखाउँछ ।

आक्रमणको लगत्तै हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले निरन्तर सैन्य आक्रमण गरेको छ । हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कम्तीमा ३० हजार ८७८ व्यक्तिको मृत्यु भएको छ ।

सन् २००५ मा गाजाबाट पछि हटेको तर आफ्नो हवाई क्षेत्र र क्षेत्रीय जलक्षेत्रमा नियन्त्रण कायम राखेको इजरायलले योजनाबद्ध सामुद्रिक करिडोरको ‘स्वागत’ गरेको बताइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ३ : ३८ बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२