कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै « Khabarhub

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा आजको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनका लागि पटक पटक आवाज उठाउँदै आए पनि सरकारले इन्कार गरेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने रणनीति बनाउने तयारी गरेको छ ।

यसअघिको प्रतिनिधिसभा बैठकमा कांग्रेसले आजको संसद बैठक अघि समिति गठन नगरे संसद चल्न नदिने चेतावनी दिइसकेको छ । संसद बैठकलाई बिना अवरोध सञ्चालन गर्ने विषयमा हिजो सभामुखले बोलाएको कांग्रेस, एमाले, माओवादी र रास्वपाका शीर्ष नेता सहभागी बैठकमा सत्तापक्ष र विपक्ष आआफ्नै अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको थियो ।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा यथावत छ भने सत्तापक्ष समितिको आवश्यकता नभएको बताउँदै आएको छ ।

सत्ता पक्ष र विपक्षीबीच कुरा नमिल्दा आजको संसद बैठकमा कांग्रेसले आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने चासोको विषय बनेको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ३४ बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको