विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु « Khabarhub

विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राेटहट, कपिलवस्तु, रसुवा र नवलपरासी पूर्वमा डुबेर चार जनाकाे मृत्यु भएको छ ।

रौतहटकाे वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने हुलाश बैठाको छोरी १३ वर्षीया निरन्जना कुमारी बैठाको सोही ठाउँस्थित सामुदायिक पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

त्यसैगरी, कपिलवस्तुकाे वाणगंगा नगरपालिका-१० बनगवा वस्ने राजाराम थारुको छोरा २ वर्षीय बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

रसुवाकाे नौकुण्ड गाउँपालिका-६ कपथली बस्ने १९ वर्षीय बिजय तितुङको सोही ठाउँस्थित फलाखु खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

त्यस्तै, नवलपरासी पूर्वकाे गैंडाकोट नगरपालिका-१२ मालपुर बस्ने ५९ वर्षीय सिताराम महतोको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : ३८ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि