काठमाडौं– राेटहट, कपिलवस्तु, रसुवा र नवलपरासी पूर्वमा डुबेर चार जनाकाे मृत्यु भएको छ ।
रौतहटकाे वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने हुलाश बैठाको छोरी १३ वर्षीया निरन्जना कुमारी बैठाको सोही ठाउँस्थित सामुदायिक पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
त्यसैगरी, कपिलवस्तुकाे वाणगंगा नगरपालिका-१० बनगवा वस्ने राजाराम थारुको छोरा २ वर्षीय बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।
छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
रसुवाकाे नौकुण्ड गाउँपालिका-६ कपथली बस्ने १९ वर्षीय बिजय तितुङको सोही ठाउँस्थित फलाखु खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
त्यस्तै, नवलपरासी पूर्वकाे गैंडाकोट नगरपालिका-१२ मालपुर बस्ने ५९ वर्षीय सिताराम महतोको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया