राष्ट्रियसभाका अध्यक्ष दाहाल र इजरायली राजदूतबीच भेट « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष दाहाल र इजरायली राजदूतबीच भेट


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि इजरायलका राजदूत हानन  गोडेर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।

आज  सिंहदरबारमा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको विषयमा छलफल गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र घनिष्ट हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले हालै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि छिटो पहल गर्न आग्रह गरे ।

अध्यक्ष दाहालले अहिले पनि इजरायलमा ४ हजार नेपाली कामदार रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र रोजगारीप्रति चासो व्यक्त गरेका थिए ।

इजरायलबाट नेपाल आउने उल्लेखनीय पर्यटकको बारेमा चर्चा गर्दै राष्ट्रपति दाहालले धेरैभन्दा धेरै इजरायली नागरिकलाई नेपाल भ्रमण गरी नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिन आग्रह गरे ।

सो अवसरमा इजरायलका राजदूत हाननले नेपाल र इजरायलबीचको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपाल कला, संस्कृति, परम्परा र पर्यटकीय गन्तव्यका हिसाबले निकै धनी रहेको बताए । राजदूतले नेपालमा लामो समय काम गर्ने मौका पाएको बताउँदै सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायत नेपालका धेरै पर्यटकीय गन्तव्यले विश्वमा नेपालको पहिचान बनाएको बताए ।

राजदूत गोडरले धेरै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको कार्यक्रमबाट आफूले आफैँले सिक र कमाउ कार्यक्रम सुरु गरेको बताए । 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ५१ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय