कोशीमा नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्ने यी हुन् ५२ सांसद « Khabarhub

कोशीमा नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्ने यी हुन् ५२ सांसद


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बुधबार साँझ सरकार गठनको आह्वान गरेका थिए । उनको आह्यवानपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका हुन् ।

यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका उनको पक्षमा ५२ सांसदको हस्ताक्षर जुटेको छ ।

यसअघि उनी  २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसपछि केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।

पछि ०८० भदौ २१ गतेदेखि असोज २० गतेसम्म दोस्रो पटक उनी मुख्यमन्त्री बनेका थिए । दाबी पेस गरेसँगै सांसदहरूको सनाखत गराएर मुख्यमन्त्री नियुक्ति, शपथ र नयाँ मुख्यमन्त्रीको पदबहालीसम्म बिहीबार नै टुंग्याउने तयारी छ।

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद छन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

तर प्रक्रिया अघि बढाउँदा जसपा सांसद नआइपुगेपछि खापुङलाई बुझाएको हस्ताक्षरमा एमाले र माओवादीका ५२ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : ४४ बजे

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको