सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले लिए शपथ « Khabarhub

सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले लिए शपथ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश सभाका सभामुख भीम भण्डारीले बझाङ १ बाट गत वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी भण्डारीलाई शपथ खुवाएका हुन् ।

चुनावी प्रचारकै क्रममा भण्डारीका बुवाको निधन भएको थियो । उपचुनावमा विजयी भएका उनी बुवाको काजकिरियामा बसेकाले शपथ रोकिएको थियो ।

०७९ मंसिरको प्रदेश सभाको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते सडक दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका भण्डारीले दिवंगत पृथ्वीबहादुरकै छोरा एवम् नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका हुन् ।

भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।

भण्डारी निर्वाचित भएसँगै प्रदेश सभामा एमालेका सांसद ११ पुगेका छन् । यसअघि प्रदेश सभामा एमालेका १० सांसद थिए ।

भण्डारीको शपथसँगै अब मुख्यमन्त्री दीर्घ सोडारीका लागि विश्वासको मतको ढोका पनि खुलेको छ । यसअघि एमालेले दुई पटकसम्म सोडारीलाई विश्वासको मतमा रोकिसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : ३३ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको