सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न « Khabarhub

सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

प्युठान– जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, स्वर्गद्वारी गौमुखी यातायात प्रालि र नमस्ते प्युठान यातायात प्रालि प्युठानको सहकार्यमा प्युठान नगरपालिका-७ टिकुरीस्थित बसपार्कमा ‘ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम’ बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को कानूनी व्यवस्था सम्बन्धी स्टिकर टाँस गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

यस अभियानलाई कार्यक्रममा मात्र सीमित नराखी व्यवहारमा समेत लागू गर्नुपर्ने, अधिकारको उपयोग गर्न तथा दुरुपयोग गर्न नहुने तथा यसको कार्यान्वयनमा प्रहरी प्रशासनद्वारा अभियानको रूपमा चेकजाँचको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले ज्येष्ठ नागरिक सम्बन्धी कानूनी व्यवस्था, ट्राफिक व्यवस्थापन, बसपार्क व्यवस्थापन बारे जानकारी दिँदै यसको कार्यान्वयनमा सबै सरोकारवाला निकायहरू बिच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने बताए ।

ज्येष्ठ नागरिक गेहराज शर्मा पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख, यातायात व्यवस्था समितिका पदाधिकारीहरू, संचारकर्मी, ज्येष्ठ नागरिक, समाजसेवी भद्रभलाद्‍मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  २ : ४७ बजे

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनको नाममा पार्टीलाई

बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ : असिम शाह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह

भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की