प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्   « Khabarhub

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल सहयात्रीले उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङलाई पार्टीमा फर्किन आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जाल लेखेको सन्देशमा सहयात्रीले कुलमानलाई आत्मकेन्द्रित अहंकार त्यागेर प्रतिबद्धतामा उभिन अनुरोध गर्दै भनेका छन् ।

यसो गर्दा उनलाई प्रधानमन्त्री बन्ने अवसर नेपाली कम्युनिष्ट पार्टी र प्रचण्डले नै दिने पनि उनले बताएका छन् ।

सन्देशमा नेपाली कम्युनिष्ट पार्टीलाई संघीयता, समानुपातिक, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रको पिता भनेको उल्लेख गर्दै, आफ्नो ‘सत्य पिता’ र पार्टीको मूल्य सम्झन कुलमानलाई भनेका छन्।

सहयात्रीले थप लेखेका छन्, ‘समय दुई दिन बाँकी छ – बत्तिको चिमले आफैं उज्यालो दिने होइन, विद्युत् उत्पादन गर्ने पावरहाउस नेपाली कम्युनिष्ट पार्टी हो।’

नेकपा माओवादी केन्द्रकै सरकारका पालामा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक बनाइएको थियो । २०७९ को चुनावमा माओवादीले कुलमानको तस्बिर राखेर चुनाव प्रचार गरे पनि टिकट लिन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ०९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष