भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो « Khabarhub

भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते भएका मध्ये केहीको अवस्थामा गम्भीर छ ।  

हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो घाटीमा खसी दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  

अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ । 
 
अधिकारीहरूका अनुसार बसमा ६६ जना यात्रुहरु सवार थिए भने बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : १९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष