विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी « Khabarhub

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनको नाममा पार्टीलाई विभाजन हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले मुलुकको परिवर्तनका लागि कांग्रेसको लामो इतिहास रहेको भन्दै विशेष महाधिवेशनको नाममा पार्टीलाई विभाजन हुन नदिने बताएका हुन् । 

उनले विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा सङ्कल्प अधिवेशनको रूपमा अघि बढाउन सुझाव दिए । विशेष महाधिवेशनमार्फत काठमाडौं आएका नेता तथा कार्यकर्तालाई उत्साहित बनाएर फेरि चार महिनापछि हुने महाधिवेशनमा आउने गरी घर फर्काउनुपर्ने उनले बताए । 

भण्डारीले विशेष महाधिवेशन पक्षधरले पनि पार्टीलाई एकजुट बनाएर र संस्थापन पक्षले पनि अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए । उनले जने-जी आन्दोलनपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व असफल भएको उल्लेख गरे । 

त्यस्तै कांग्रेसका अर्का नेता सुनिल शर्माले अहिले आफूहरूले पार्टीलाई विभाजन रोक्नका लागि प्रयास गरिरहेको बताए । विशेष महाधिवेशनका विषयमा उत्पन्न विवाद समाधान गर्न प्रयास गरेपनि समाधान उन्मुख नभएको उनले बताए । विधानको व्यवस्थालाई संस्थापन पक्षले बेवास्ता गरेकै कारण वर्तमान परिस्थिति उत्पन्न भएको उनको भनाइ छ । 

नेता शर्माले पार्टी नेतृत्वले नै अहिलेको विवाद मिलाउन मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ३६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष