‘आउँदो बजेटमा कृषिलाई जोड दिनुपर्छ’ : गोल्यान « Khabarhub

‘आउँदो बजेटमा कृषिलाई जोड दिनुपर्छ’ : गोल्यान


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंकर तथा कृषि उद्यमी पवन गोल्यानले आगामी बजेटले कृषिलाई जोड दिनुपर्ने बताएका छन् । खबरहब र  इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर)को आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गोल्यानले कृषिमा सरकारले जोड दिनुपर्ने बताएका हुन्‌ ।

‘अहिलेको बजेटमा हामीजस्ता मानिसहरूलाई नभएर आम मानिसलाई फाइदा हुनेतर्फ ध्यान जानुपर्‍यो भन्ने मेरो धारणा छ, पहिलोमा कृषि पर्छ । तर, कसरी जाने भन्ने विषयमा भने हामीले जोड गरेकै छैनौं’, उनले भने ।

उनले किसानहरूले धेरै मिहिनेत गर्दा पनि आफ्नो खर्च धान्न सक्ने आम्दानी गर्ने अवस्थासम्म नभएको भन्दै राज्यले सो क्षेत्रमा ध्यान पुर्‍याउन आवश्यक भएको बताए ।

‘मैले ६ वर्षदेखि कृषिमार्फत कसरी फड्को मार्न सकिन्छ भनेर लागेर एउटा अध्ययन गरेको छु’, उनले भने, ‘तराईमा एक वर्षसम्म खेती गर्‍यो भने ५० हजार रुपैयाँभन्दा बढी कमाउन सकिँदैन ।’

साथै उनले अहिलेसम्म आएका बजेट राजस्वमुखी र आयातमुखी भएको समेत आरोप लगाए । ‘धेरै बजेट आए, हामीले धेरै कुरा गर्‍यौं । तर, नेपालको दिगो विकास कसरी हुन्छ भन्नेतर्फ भने ध्यान गएन, अहिलेसम्मका बजेट उत्पादनमुखी वा अरु जे कुरा भनेपनि राजस्वमुखी, वितरणमुखी र आयातमुखी नै भएका छन्’, गोल्यानले भने ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : १६ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको