सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित « Khabarhub

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट ६६२ जना लाभान्वित भएका छन् ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए ।

शिविरमा ६६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको अर्थुङ्गेस्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्म सेनानी प्रकाश घिसिङले जानकारी दिए ।

स्वास्थ्यतर्फ चार सय चारजनाले स्वास्थ्य परीक्षण, हाड जोर्नी, मनोरोग, दाँत, आँखासम्बन्धी सेवा लिएका उनको भनाइ छ । एक सय ४३ जनाले आयुर्वेद, ८८ जनाले भेटेरिनरी र २४ जनाले कृषिसम्बन्धी सेवा लिएका सेनानी घिसिङले बताए ।

भेटेरिनरी अस्पतालका पशु चिकित्सक भरत रेग्मीको टोलीले १ हजार दुई सय ५९ वटा पशुपक्षीका लागि औषधि वितरण गरेको जनाएको छ ।

बेनी अस्पतालका डा. रामु सापकोटा, सुधानु प्रधान, विद्या अधिकारी, समिर भण्डारी, रोशन आचार्य, करुणा कार्की, आयुषा मानन्धर, अशोक पन्त, अस्मिता कटुवाल, मदन सापकोटा, मनकाजी थापा, सैनिक अस्पतालका डा मिलन न्यौपाने, सेविका श्रेष्ठ, अमित तुलाचन र विक्रमजङ्ग थापाको टोलीले सेवा प्रवाह गरेका थिए ।

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउने र समस्या पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरेको नेपाली सेनाले जनाएको छ । शिविरमा मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ७ : ३२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर