सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु  | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु 


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा सञ्चालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबारबाट सुरु भएको छ ।

मेलाको उद्घाटन गदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलता र रोजगारीको लागि अहिले अति  आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे ।

मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा साबित हुने उनको भनाई छ ।

निजी क्षेत्र तथा सरकार मातहतका निकायहरूले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पूर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारीका अनुसार सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर सञ्चालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने छ ।

‘वैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपाङ्गता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य छ,’ मन्त्री भण्डारीले भने ।

मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसँग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने धारणा व्यक्त गरे । साथै आन्तरिक पुँजी र उत्पादन वृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनको सुझाव छ ।

उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्त्वपूर्ण हुने धारणा राखिन ।

यस्ता रोजगार मेला बर्सेनि आयोजन गर्न आवश्यक रहेको उनको भनाई थियो । युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको अवस्थामा जमिन जग्गाहरू बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहाँ धेरै अवसर पाइने मन्त्री थापाले बताइन् ।

रोजगारीको अवसर कसरी प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगारबारे कसरी जानकारी लिने भन्ने उद्देश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

मेलामा १२ वटा सरकारी र २७ निजी क्षेत्रका गरी ३७ वटा स्टलहरू रहेका छन् । यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणीकरण र पूर्व सिकाई मान्यताको भूमिका,अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा, सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर लगायत सात वटा सामूहिक छलफल तथा कार्यशाला पनि सञ्चालन गरिँदै छ ।

श्रमाधान मेला जेठ  १७ देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भई यही जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा समापन हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १ : ३२ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’