मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु « Khabarhub

मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटबाट वैदेशिक रोजगारीमा मलेसिया गएका एक जना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ।

रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मलेसिया स्थित कम्पनीबाट काम सकेर कोठामा फर्किनेक्रममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।

मृतकको को शव १० दिनपछि शनिबर साँझ उनको घरमा ल्याएर गएराती अन्त्येष्टि गरिएको छ ।

हिन्दु परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन्।

मलेसियास्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट  क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।

पछिल्लो एक वर्ष देखि उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : २३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड