चिया पसलमा नक्कली नोटको कारोबार, हजार दरका पाँच सय १५ थानसहित एकजना पक्राउ « Khabarhub

चिया पसलमा नक्कली नोटको कारोबार, हजार दरका पाँच सय १५ थानसहित एकजना पक्राउ


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल गर्ने एकजना महिलालाई नक्कली नोट कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।

कलंकीमा चिया पसल चलाउने तारादेवी डंगोललाई नेपाली एक हजार दरका ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

डंगोलले नक्कली नोटको कारोबार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनको पसलमा छापा हानेको थियो ।

त्यही छापाका क्रममा प्रहरीले एक हजार दरका ५ सय १५ थान नोट बरामद गरेको हो । प्रहरीले डंगोललाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइसकेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : ३५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी