चिया पसलमा नक्कली नोटको कारोबार, हजार दरका पाँच सय १५ थानसहित एकजना पक्राउ « Khabarhub

चिया पसलमा नक्कली नोटको कारोबार, हजार दरका पाँच सय १५ थानसहित एकजना पक्राउ


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल गर्ने एकजना महिलालाई नक्कली नोट कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।

कलंकीमा चिया पसल चलाउने तारादेवी डंगोललाई नेपाली एक हजार दरका ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

डंगोलले नक्कली नोटको कारोबार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनको पसलमा छापा हानेको थियो ।

त्यही छापाका क्रममा प्रहरीले एक हजार दरका ५ सय १५ थान नोट बरामद गरेको हो । प्रहरीले डंगोललाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइसकेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : ३५ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर