अस्ट्रेलिया हापेर फिल्म खेलेका निश्चल (कला संवाद) « Khabarhub

अस्ट्रेलिया हापेर फिल्म खेलेका निश्चल (कला संवाद)


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनरत ‘लण्डन टू पेरिस’ नायक निश्चल खड्काको पहिलो फिल्म हो । एक दशक मोडलिङ गरेका उनले अब फिल्ममा यात्रा थालेका हुन् ।

निश्चलले पहिलो फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरेका छन् । सानैदेखि फिल्मको हिरो बन्ने लक्ष्य भएकाले मोडलिङमा लागेको उनी बताउँछन् ।

भन्छन्, ‘मेरो लक्ष्य नै फिल्मको हिरो बन्ने थियो । सानैदेखि मेरो स्पष्ट लक्ष्य भनेको नै फिल्म हो ।’

पढ्न सिलसिलामा अस्ट्रेलिया पुगेका उनको नेपालमा फर्किने कारण पनि फिल्म नै हो । त्यसपछिको दुई वर्ष २० वटाभन्दा बढी फिल्मको अडिसन दिँदा पनि अवसर नपाएपछि उनी फेरि अस्ट्रेलिया जाने मनस्थितिमा पुगेका थिए ।

‘म फाइनल भएको दुईवटा फिल्म कारणवश बनेनन् । एउटामा सहायक निर्देशक भएर काम गरेँ,’ उनी भन्छन्, ‘फिल्ममा अवसर नपाएपछि दिक्क भएर अस्ट्रेलिया जाने मनस्थितिमा थिएँ ।’

अस्ट्रेलिया फर्किने तयारीको अन्तिममा ‘लण्डन टू पेरिस’कै अर्का नायक कविर खड्काको फोनले नेपालमा रोकेको उनी बताउँछन् ।

‘अस्ट्रेलिया जान टिकट भनिसकेको थिएँ । कविरले अडिसनमा बोलायो,’ उनी भन्छन्, ‘फिल्म नपाए पनि चिनजान बढ्छ भनेर गएँ, तर अडिसन पास भएँ । त्यसपछि एजेन्टलाई फोन गरेर टिकट नकाट्नु भनेँ ।’

‘लण्डन टू पेरिस’का उनै नायकसँग खबरहबका संगम ढकालले गरेको कुराकानी :

भिडियो :

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : ३५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी