अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ « Khabarhub

अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा – अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पर्सा प्रहरीले चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओलाई पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १० : ०१ बजे

विराटनगरलाई पहिलो धक्का, रनको खाता नखोली आउट भए जर्ज मुन्से

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

तस्बिरमा हेर्नुहोस्, विराटनगर र कर्णालीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो

पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू)

नेपाल प्रहरीका पूर्वएआईजीपी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट

नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गर्दा भारतमा तरंग

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारदेखि चुच्चे नक्सा समेटिएको १०० रुपैयाँको