मुकुल ढकाल अब रास्वपाको साधारण सदस्य मात्रै, सबै जिम्मेवारी खोसियो « Khabarhub

मुकुल ढकाल अब रास्वपाको साधारण सदस्य मात्रै, सबै जिम्मेवारी खोसियो


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो ।

यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका डा. ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।

मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए । उनलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले खबरहबलाई बताए ।

पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । तर केन्द्रीय समितिको निर्णय बमोजिम उनको साधारण सदस्यता भने नखोसिएको हो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ४२ बजे

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।