ओलीलाई दाहालको प्रश्न : प्रचण्डसँग कसरी मिल्नु भयो, अहिले किन सहकार्य तोडियो ? | Khabarhub Khabarhub

ओलीलाई दाहालको प्रश्न : प्रचण्डसँग कसरी मिल्नु भयो, अहिले किन सहकार्य तोडियो ?

बेचन झाबारे बालकोट र बूढानीलकण्ठलाई थाहा भएको जिकिर


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीसँगको सहकार्य तोडेकोबारेमा प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै दाहालले एमाले अध्यक्ष ओलीले माओवादीसँग के कारण सहकार्य गरेको र के कारणले भत्काएको ? जवाफ दिनुपर्ने बताएका हुन् ।

‘केही दिनदेखि सदनमा एउटै विषयमा छलफल चलिरहेको छ । मूलभूत रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा भएको ७ बुँदे सहमति बदनियतपूर्ण छ। त्यसले पैदा गरेको राजनीतिक तरंगले सदनलाई पनि तानेको छ’, उनले भने, ‘हामी सबैलाई थाहा छ चार महिनाअगाडि कमरेड ओलीकै पटक पटकको प्रस्तावमा कम्युनिष्टहरू मिल्ने कुरा भयो, उहाँको प्रस्ताव प्रचण्डले पनि स्वीकार्नुभयो, विश्वास गर्नुभयो । त्यो विश्वासको जगमा सरकारको सहकार्य हुनुपर्छ भन्नुभयो, त्यहीअनुसार अघि बढ्यौँ । तर, अहिले सहकार्य तोड्नुभयो । मैले ओलीलाई प्रश्न गर्नैपर्छ–तपाईंले कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?’

सांसद दाहालले सरकारले सुशासनको कामलाई निरन्तरता दिएको पनि बताए । तर, एमालेले के कारणले सत्ता सहकार्य तोडेको जवाफ दिनुपर्ने उनको जिकिर छ ।

दाहालले नक्कली शरणार्थी प्रकरणमा विचौलियको भूमिका खेलेर हाल जेलमा रहेका बेचन झा को हुन भनेर बालकोट र बूढानीलकण्ठ दुवैलाई राम्रोसँग थाहा भएको टिप्पणीसमेत गरे ।

‘बेचन झा को हुन ? हामीलाई थाहा छैन । नेपाली जनतालाई थाहा छैन । तर, उनीबारे बालकोट र बूढानीलकण्ठलाई राम्रोसँग थाहा छ’, उनले भने, ‘बेचन झाको गिरफ्तारीपछि उनको बयान असार २८ गतेसम्म नलिनु, पछि लिनु भनेर आदेश जारी भएको कुरा सुन्नमा आएको छ ।’

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ४४ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ